समाचार

एक अर्ब भन्दा बढी दान दिने वरिष्ठ समाजसेवी एबम् राजनीतिज्ञ श्रेष्ठ अस्वस्थ

४ कात्तिक, भरतपुर । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ हुनुभएको छ । गत असोज २५ गतेदेखि उहाँ निमोनियाबाट अस्वस्थ हुनुभएको हो ।

उहाँलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार पन्चानब्बे वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ ।

नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ ।