राजनीति

प्रदीप र इश्वरको क्षेत्रको प्रदेश सभामा निरौला परे पैसा बाँड्दा बाँढ्दै पक्राउ, आरोप पुष्टी गर्न एमालेको चुनौती

३ मंसिर, काठमाडौं । एमाले उम्मेद्वार नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।
मतदातथालाई प्रभाव पार्न रकम बाँढ्दै गरेको अभियोगमा शुक्रबार राती उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा एमालेले उनलाई पक्राउ गर्नु फसाउने षढ्यन्त्र भएको प्रतिकृया दिएको छ । एमोले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्मान लामाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
एमालेले बिज्ञप्तीमार्फत पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न गर्दै प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमालेले कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग भएको बताएको छ ।एमालेले आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन दिँदै घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरुमा अपील गरेको छ ।
निर्वाचन परिचालन कमिटी, काठमाडौं क्षेत्र नम्बर ५ संयोजक शान्ति अधिकारीले बिज्ञप्ती जानरी गर्दै आपत्री जनाएकी छन् ।
सामाजीक सञ्जाललगायतमा रकम खुवाएको भन्दै पक्राउ परेका निरौलाको ब्यापक बिरोध भईरहेको छ । उक्त क्षेत्रमा काँग्रेसका प्रदीप पमैडेल र एमालेको इश्वर पोख्रेलको प्रतिनिधि सभामा उम्मेद्वारी छ ।