राजनीति

धनुषा–४ कडा मतगणना सम्पन्नः एमालेका महासेठ भए १२४ मतान्तरसहित काँग्रेसका यादवसँग विजयी

१३ मंसिर, धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका हुन् । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणनामा कडा प्रतिष्पर्धा भएको थियो, कहिले काँग्रेस उम्मेद्वार यादवले अग्रता कायम गर्ने त कहिले महासेठले गर्ने भएको अवस्थामा महासेठले बाजी मार्न सफल भएका छन् ।