२६ पौस, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” अभियानको संचालन गरेको छ ।
यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ । दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको हो । यसबाट संस्थामा बस्नुहुने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ब्त्ः ऋबचम प्रयोग गरी नेपालभरी रहेको ख्क्ष्क्ब् ल्भतधयचप मा आवद्ध अन्य जुन सुकै बैंकको ब्त्ः ःबअजष्लभ बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।




