३ माघ, चक्रघट्टी । बराहक्षेत्र ५ रामझाडा निवासी धनबहादुर माझीलाई हात्तिको आक्रमणबाट मृत्यु भएको छ । आज अन्दाजी ११ बजेतिर जनजागृति सामुदायीक बनभित्र रहेको पोखरीको छेउछाउमा माझीलाई आक्रमण गरि हत्या गरेको हो ।
स्थानीयले जंगलमा बाख्रा, गाईबस्तु पाल्ने र घाँस लिन जाने भएपनि हात्तिको आक्रमणका कारण तनाव भोग्नुपरेको छ ।
बराहक्षेत्रको वडा नम्बर १, २, ३, ५, १०, ११ वडामा हात्तिले बेला बेलामा मानबीय आक्रमण गर्नेगरेको स्थानीय रमेश काफ्लेले जानकारी दिएका छन् । झापामा हात्तिको आक्रमणबाट मानबीय क्षती भएको भएपनि सुनसरीमा पछिल्लो समयमा हात्ति आक्रमणका कारण मानबिय क्षती बढेको छ ।
बराहक्षेत्र वडा नम्बर ५ का वडाध्यक्ष रोहीत काफ्लेका अनुसार हात्ति आक्रमण रोक्न कृषिको अधिकाँस बजेट मौरी पालनमा लगाउने भन्दै नगरापालीका, प्रदेश र केन्द्र सरकारले बिशेष सहयोग गर्नुपर्ने भनेका छन् ।





