समाचार

प्रेमप्रसाद मृत्यु प्रकरण : प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान

काठमाडौं । आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

संघीय संसद् भवनअगाडि आत्मदाह गरेका आचार्यको मृत्यु प्रकरणमा प्रहरीले सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरीले जनाएको छ । आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो ।

आचार्य भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै ।’