राजनीति

राष्ट्रपति र गृहमन्त्री चयनको विषयले सरकार संकटमा पर्दैन : अध्यक्ष ओली

१९ माघ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा नपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरूबीच खटपट परिरहेका बेला यही कारण सरकार संकटमा नपर्ने बताए । ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन’, उनले भने ।

अध्यक्ष ओलीले आफूहरूको शासन प्रणालीमै अस्थिरता रहेको बताए ।