राजनीति

बरिष्ठ नेता डा. कोईरालाको ठोकुवाः राष्ट्रपति देशकै लागि महत्वपूर्ण पद हो, काँग्रेस उम्मेद्वारले बिजय गर्छ

२३ माघ, काठमाडौं । नेपाली कँँग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको संगठनमा ह्रास आउँछ कि भन्ने चिन्ता भएको बताएका छन् ।

डा. कोईरालाले स्थानीय तह, प्रदेश वा प्रतिनिधि सभाको निर्बाचनमा जित्ने स्थानमा पनि छाड्दै गएको कुरा स्मरण गर्दै आफ्नै क्षेत्रमा प्रचण्डको ज्वाई ल्याउनुपरेको बताए ।

डा. कोईरालाले केन्द्रीय समितिको बैठक बस्छ कि बस्दैन भन्ने प्रश्नको जवाफमा राष्ट्रपतिको निर्बाचनका कारण पटक–पटक सरेको बताएका छन् । राष्ट्रपति देशकैलागि महत्वपूर्ण हुने भन्दै बितेको ५ बर्षमा राष्ट्रपतिका कृयाकलापले काँग्रेस शसंकीत भएको बताए । पटक पटक संसद बिघटन गर्ने, नागरीकता बिधेयकलगायतमा राष्ट्रपतिको भूमिका राम्रो नभएको बताए । दोस्रो पटक पनि नागरीकता बिधेयक रोकेर राख्ने राष्ट्रपतिको कार्य अत्यत्नै असंबैधानिक भएको बताए ।

बरिष्ठ नेता डा. कोईरालाले नेपाली काँग्रेसले मात्र उम्मेद्वारी दिएर काँग्रेस उम्मेद्वारले बिजय प्राप्त गर्न नसकिने बताउँदै त्यसका लागि प्रदेशका साँसदहरुले पनि मतदान गर्ने बताए ।

प्रेम प्रसाद आचार्यको अत्मादहको कुरा उठाउँदै त्यसपछि बिराटनगर र अन्य देशका बिभिन्न स्थानमा यस्ता घटना घट्तै गएकोमा चिन्ता ब्यक्त गरे । देशको अर्थतन्त्र कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा भएको भन्दै देशको अवस्था ज्यादै खतरनाक भएको बताए । उनले सामाज्ीक सुरक्षाका कुरा गर्ने भएपनि नेपालजस्तो देशमा थामीनसक्नु भएको बताएका छन् ।

उनले अहिलेका साँसद केही राजतन्त्र आवश्यक भन्ने त कोही संघीयता खारेज गर्नपर्ने भन्ने गरेका भन्दै सबैलाई समेट्न आवश्यक रहेको बताए । डा कोईरालाले रबि लामिछानेकोमात्र कुरा हुने गरेको भन्दै डेढ घण्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेर न्यायालयको धज्जी उडाएको कुरा पनि ध्यान दिनुपर्ने बताए । नेपाली काँग्रेस जिम्मेवार पार्टी भएकाले सबैलाई मिलाएर लानु आजको आवश्यक्ता भएको बताए । उनले रबि लामिछानेले कानून हातमा लिने कुरा गरेको भन्दै रास्वपा बिचार नै नभएको उक्त पार्टीका सभापति रबि लामिछानेले बताएकाले बिचारबिना कुनै पार्टी नहुने बताए ।

काँग्रेसमा प्रश स्वतन्त्रता, मानब अधिकार, स्वतन्त्र न्यायालयको कुरा महत्वपूर्ण हुने भन्दै राष्ट्रियता, लोकतन्त्र र समाजबाट काँग्रेसले मानेको बताएका छन् । नेता कोईरालाले तरकारीले बजार भाउ नपाएर बाटोमा फ्याँकीएको कुरालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले बिद्यार्थी संगठनमा नेबिसंघमा जिल्ल सभापतिले जिल्लाबाट ५ ७ वटा नाम माथी पठाउने भन्ने कुरामा सबैले स्थानीय स्तरमा छलफल गर्नुपर्ने बताए ।