राजनीति

विवेकशील साझाको अध्यक्षमा समीक्षा, महासचिव रन्जु दर्शना

२८ माघ, काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छिन् । राजधानीमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट अध्यक्षमा बास्कोटा चयन भएकी हुन् ।

त्यस्तै, पार्टीको महासचिवमा रन्जु दर्शना चयन भएकी छन् । उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ ।