२९ माघ, काठमाडौं । सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णयप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ ।आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा विदा दिने निर्णय गरेको थियो ।
बैठकमा राप्रपाका मन्त्रीहरु उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्री दीपकबहादुर सिंह सहभागी भएनन् ।
अचानक मन्त्रिपरिषद बैठक बोलाइएको र जनयुद्ध दिवस एजेण्डामा छ भन्ने थाहा पाएपछि आफूहरु नगएको एक मन्त्रीले जानकारी दिए ।





