राजनीति

सत्ता समीकरण दिर्घकालिन नहुने संकेत देखियो : एमाले अध्यक्ष ओली

२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो सत्ता गठबन्धन भत्काउन सफल भएपनि दिर्घकालिन नहुने संकेत देखिएको बताएका छन् । आज काठमाडौंको कमलादीमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै ओलीले फेरी पनि समीकरण बदलिन सक्ने बताएका हुन् ।

ओलीले एमालेसँग बहुमत नभएपनि आफ्नो पार्टी संसदको बलियो दल भएकाले देश बर्वाद पार्ने कुनै पनि षडयन्त्र पार्टीले निस्तेज पार्ने दावी गरे।

उनले निर्वाचनमा गठबन्धन बनाएर चुनाबमा गएको पाँच दलिय गठबन्धन भत्काएर नयाँ सरकार बनाउन एमाले सफल भएपनि यो दिर्घकालिन नहुने बताएका हुन् । ओलीले यदि यो समीकरण बदलिएमा संसद अस्थिरताको कारक बन्ने भन्दै कार्यकर्तालाई सजक हुन आग्रह समेत गरेका छन् ।