राजनीति

माओवादी केन्द्रका उपमहसचिब पुन उपचारको लागी चीन प्रस्थान

२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिब बर्षमान पुन नियमित उपचारको लागी चीन प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य उपचारको लागी भन्दै उनि लगायत श्रीमती ओनसरी घर्ति पनि साथैमा गएकी छन् ।

पुन यस अघि गत पुस ५ गते चिन बाट उपचार गरि स्वदेश फर्किएका थिए । उनले सेनजेन प्रान्तमा रहेको थर्ड पिपुल्स् अस्पतालमा उपचार गरेका थिए । सुरुमा थाइल्याण्डमा उपचार गराएका पुनलाई थप उपचारको लागी चीन लगिएको थियो । उनलाई ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भन्ने रोग लागेको बताइन्छ ।

यद्यपि पुन स्वास्थ्य उपचारको लागी चीन तर्फ जानुलाई राजनीतिक घटनाक्रममा फेरबदल हुन सक्ने सम्भावना बढेको एक थरिको आंकालन छ। उनी पुसको ५ गते चाइनाबाट फर्के लगत्तै देशमा राजनीतिक समीकरण बदलिएको थियो । पुन फेरी पनि स्वदेश फर्कदा नयाँ राजनतिक समीकरण बदलिन सक्ने उत्तिकै सम्भावना रहेको छ ।