२ फागुन, काठमाडौँ । दुई दिने नेपाल भ्रमण पुरा गरी भारतका विदेश मन्त्री विनयमोहन क्वात्रा स्वदेश फर्किएका छन्। उनी भारतीय वायुसेनाको विशेष जहाजबाट आज साँझ स्वदेश फर्किएका हुन् ।
क्वात्राको नेपाल बसाइको दौरान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
उनको भ्रमण तालिका अनुसार भोली बिहानसम्म नेपालमै रहने भएता पनि क्वात्रा आजै स्वदेश फर्किएका हुन्। उनको विदाइको लागी परराष्ट्र सचिव भरतराज पौड्याल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।





