राजनीति

राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी : जसपा

३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संविधान जारी भएको ८ बर्षसम्म संविधान अनुसार नागरिकता ऐन नबन्नु दुखद भएको टिप्पणी गरेका छन् ।

नेता यादवले नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको बताए । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, उनले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको असन्तुष्टि व्यक्त गरे । दुई पटकससम्म संघीय संसदले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ ।’