५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान रक्षाको लागी भएपनि राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताएका छन् । आज एक कार्यक्रममा बोल्दै वर्तमान राष्ट्रपतिले संवैधानिक व्यवस्थाको विपरित काम गरको कारण संविधान रक्षाका लागि राष्ट्रपति पद महत्वपूर्ण भएको बताएका हुन् ।
प्रवक्ता महतले भने ‘संविधान रक्षाको कोणबाट हेर्दा पनि नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु उपयुक्त हुन्छ ।यसको लागी संविधानको रक्षा चाहाने सबै पार्टी एक हुनु पर्छ ’।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन मुख्य विषय बनाएकाले पनि संविधान रक्षाका लागि राष्ट्रपति पद आफ्नो दलको लागी महत्वपूर्ण भएको जिकिर गरेका हुन् ।
उनले संविधानको रक्षा गर्न भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वमा गठबन्धन बनाएको बताउदै ,अहिले पनि त्यो विषय प्रमुख भएको कारण कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिएको बताए ।





