७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आज बिराटनगर पुगेका ओलीले सरकार गठन गर्ने बेलामै यस विषयमा सहमती भएको बताएका गरेका हुन् ।
“अहिलेको राजनीतिक समीकरण बन्दा नै राष्ट्रपति एमालेको बन्ने सहमती भएको छ ” राष्ट्रपति को बन्ने भन्ने विषयमा जन्मकुण्डली नै लेखाएर सरकार बनेको” भन्दै ओलीले एमालेले कसलाई उम्मेदवार बनाउछ त्यो बारे आगामी १३ गते मात्रै बोल्ने जानकारी दिए । ‘हामीले जो उम्मेदवार बनाउँछौं त्यही राष्ट्रपति बन्छ। मैले अहिलेसम्म कसैको नाम लिएको छैन। मैले १३ गते नाम लिन्छु,’ उनले भने ।
ओलीले भने ‘एमालेले उम्मेदवार उठाउछ सबैले सहमती गर्नुपर्छ । माओवादी केन्द्रले समर्थन नगर्ने कुरै छैन’ ।





