राजनीति

पुर्व राजा ज्ञानेन्द्र राजनीतिमै छन् : एमाले अध्यक्ष ओली

७ फागुन, विराटनगर । पार्टी कामको शीलशीलामा विराटनगर पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्व राजा ज्ञानेन्द्र शाह राजनीति मै रहेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले आफ्नो वरिपरि २–४ जना मानिस देख्ने वित्तिकै शाहलाई पुरानै झल्को आउने गरेको टिप्पणी गरेका हुन् ।

ओलीले भने ” ज्ञानेन्द्र जी अझै अलमलमा हुनुहुन्छ। बेलाबेला उहाँलाई पुरानै झल्कोले जोस्याउछ । २-४ जना मान्छे आफ्नो पछि देख्दा पुरानो झल्को दिनेगरी बोल्नुहुन्छ ।”

प्रजातन्त्र दिवसको शुभकामना दिँदै शाहले सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा ओलीले भने, “को सँग के सँग सहकार्य ? ज्ञानेन्द्र जी राजनीतिमा हिँडिरहनु भएको छ, अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर, भएकै छ त ।”

पुर्व राजालाई एक कार्यक्रममा सहभागी गराउने एमाले कै नेता दुर्गा प्रसाईको कारवाहीको कुरा के हुन्छ भन्ने प्रश्नमा ओलीले यस बारे तपाइहरूलाई किन चिन्ता लागेको भन्दै अरू बोल्न चाहेनन् ।