राजनीति

ओली निकट एमाले नेता प्रसाईंले पार्टी छाडे, राज संस्थाका लागि आन्दोलन गर्ने संकेत

७ फागुन, काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । मेडिकल कलेज व्यवसायीसमेत रहेका नेता प्रसाईंले आज केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

केहि समयअगाडी उनले पुर्व राजा ज्ञानेन्द्र शाही र उनका छोरा पारस शाहलाई सहभागी गराई एक कार्यक्रम गरेपछि उनी विवादमा तानिएका थिए । प्रसाईंले पार्टीको नीति विपरित पूर्व राजासँग कार्यक्रम गरेको भन्दै एमाले प्रदेश नम्बर एक कमिटीले कारवाही गर्न केन्द्रलाई सिफारिस गरेको थियो ।

तर प्रसाईंले पार्टीको कारवाही अगाडी नै पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले एमाले परित्याग गरेसँगै राज संस्थाको पक्षमा लाग्न सक्ने अनुमान गर्न थालेको छ ।