राजनीति

एमाले अध्यक्ष ओली भेट्न सांसद किसान श्रेष्ठ बालकोटमा

९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न एकीकृत समाजवादीका संसद किसान श्रेष्ठ बालकोट पुगेका छन् ।
ओलीको सचिवालयका अनुसार दुई नेताबीच भएको भेटमा राष्ट्रपतिको निर्वाचन बारे छलफल भएको जनाईएको छ ।

गत आइतवार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र ओलीबीच गोप्य भेटवार्ता भएको खबर बहिर आइरहेको बेला सोही पार्टीका सांसद ओली भेट्न बालकोट पुगेका हुन् ।