समाचार

डीआईजी सिंहले दिए राजीनामा

१० फागुन, काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले उमेर विवादका कारण प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

स्रोतका अनुसार २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ ।

उनले राजीनामा दिएसँगै भावी आईजीपीमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।