१४ फागुन, जनकपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै दल एकजुट हुनुपर्ने टिप्पणी गरेका छन् ।
धनुषाको जनकपुरमा सञ्चारकर्मीहरुसँग आइतबार कुरा गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने बताए ।
संकटको बेलामा सबै दलहरुले हातेमालो गर्दा राम्रो हुने भन्दै उनले भने, ‘नेपालमा जस्तो किसिमको चुनौतीहरु देखिएका छन्, ती चुनौतीहरु सामना गर्नलाई सबै राजनीतिक दलहरु एकजुट भएर जानुपर्छ भनेको हो । सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । मिलेर जानुपर्छ ।’





