१६ फागुन, काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री एबम् साँसद गगन कुमार थापाले काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको संयुक्त सम्पर्क कार्यालयको समुद्घाटन गरेका छन्।
उनले आज चाबहिल भत्केको पुलमा सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । उनले आफ्नो सांसदका रूपमा यो मेरो चौथो कार्यकाल भएको अघिल्ला तीन कार्यकालमा आफ्ना मतदातासँग जोडिनका लागि सम्पर्क कार्यालय सञ्चालन गरेको बताएका छन्।
नेता थापाले यस पटक, सङ्घीय सांसदका साथसाथै प्रदेशका सांसदहरूसँग पनि मतदाताको सहज पहुँच रहोस् भन्ने हेतुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको संयुक्त सम्पर्क कार्यालय आजबाट सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।
महामन्त्री थापाले भनेका छन्, ‘यो कार्यालयले मलाई मेरा क्षेत्रवासीहरूसँग अझै नजिकबाट जोड्छ भन्ने विश्वास लिएको छु।’





