१८ फागुन, काठमाडौं । नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज भेट गरेका छन्।
भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गरेको जनाइएको छ । उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा विमला राई पौड्याल सहभागी भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपालले नेम्वाङलाई मत मागेकोमा धन्यवाद दिएका थिए।
उक्त भेटमा नेकपा (एकीकृत समाजवादी) बाट पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा सहभागी थिए। राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली कांग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार भएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङमा भेटघाटमा व्यस्त छन्।
नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।





