१८ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् काठमाडौं क्षेत्र नम्बर ५ का साँसद प्रदीप पौडेल र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच भेट भएको छ ।
काठमाडौं महानगरका प्रमुख मेयर बालेन शाह सँग अर्थपूर्ण भेटघाटभएको र भेटमा नेपा पौडेलले काठमाडौँ महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकार बीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको नेता पौडेलको पिचवालयले जनाएको छ ।
आजको छलफलमा मेयर शाह र साासद पौडेल पक्षले निम्न विषयहरूमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको सचिवालयको दाबी छ ।
१, कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तारलाई तिव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने ।
२, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने ।
३, मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने ।
४, हाँडी गाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने ।
५, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्षेनी हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने ।
६, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने ।
७, सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने ।
भेटपछि नेता पौडेलले आज भएको छलफल अत्यन्तै सकारात्मक रह्यो साथै काठमाडौं महानगर प्रमुखले महानगर सुधारका निम्ति देखाउनु भएको तत्परता र ऊर्जाले उनीसँग निरन्तर सहकार्य हुने विश्वास लिएको जानकारी दिएका छन् ।





