१९ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन ब्युँताउन भूमिका खेलेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रशंसा गरेका छन् । उनले गठबन्धनको समझदारीप्रति नेपाली काँग्रेस प्रतिबद्ध रहने समेत बताए।
आज बाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले उस्तै परे एमालेले ५ वर्ष प्रधानमन्त्री दिन सक्ने सम्भावनालाई छाडेर आएको भन्दै उनले दाहालको बचाउ गरेका थिए ,उनले भने,’ प्रचण्डलाई प्रधानमन्त्री हुने कुरा नै प्रधान थियो भने यो गठबन्धनमा आइराख्न पर्दैनथ्यो ।’
एमालेले राष्ट्रपति प्रस्ताव गरेको र त्यति मात्र होइन, एमालेको पार्टी अध्यक्ष नै बनाउँछु भन्नसक्ने परिस्थितिबाट एकीकृत समाजवादीका अध्यक्ष नेपाल गठबन्धनमा आएको भन्दै नेपालको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘काँग्रेसको तर्फबाट महामन्त्रीको हैसियतमा भन्छु, जे समझदारी भएको छ, काँग्रेस सबभन्दा बढी जिम्मेवारीका साथ त्यसमा प्रतिबद्ध रहन्छ ।’





