२१ फागुन, काठमाडौं । नेकपा माओबादी केन्द्रले सर्बोच्च अदालतले माओबादी केन्द्रका अध्यक्ष एबम् प्रधानमन्त्री पुष्पकमल दहालको पाँच हजार मान्छे मारेको हुँ भन्ने अभिब्यक्तीमा कारबाही गर्न हालेको निबेदन दर्ता खोलेकोमा आपत्ती जनाएको छ ।
आज माओबादी केन्द्रका महासचिव देव गुरुङले एक बिज्ञप्ती जारी गर्दै बिरोध जनाएका हुन् ।
सर्बोच्च अदालतले १५ जना र ८ जना गरी छुट्टाछुट्टै निबेदन दर्ता गर्न दिएको आदेशमा ‘हाम्रा परिवारका सदस्य मारेको खुल्लमखुल्ला अभिव्यक्तिबाट कानुनलाई चुनौती दिँदा पनि सम्बन्धित निकाय मौन बस्नु दण्डहीनताको पराकाष्ठा हो । यस्तो बयान सामान्य नागरिकले दिएको भए कालकोठरीमा पुग्नुपर्थ्यो । प्रचण्डले ५ हजार हत्याको जिम्मेवारी लिएर साविति बयान दिएका छन् । निजलाई सजाय नगरिँदा विधिको शासन कमजोर हुने र पीडितको प्रभावकारी उपचारको हकमा आघात पुग्ने स्पष्ट छ ।’ भनिएको छ।
अध्यक्ष दहालले पटक पटक पाँच हजारलाई आफूले जिम्मा लिने बताउँदै आएका भएपनि उनलाई कारबाही गर्न सर्बोच्च अदालतमा निबेदन दर्ता हुनसकेको अवस्था थिएन । सर्बोच्च अदालतको आदेशले अब सर्बोच्च अदालतलाई छानबिन गर्ने र दोषी देखीए कारबाही गर्ने बाटो खुलेको छ । यसलाई माओबादी केन्द्रले भने ठाडै बिरोध गरेको छ ।






