राजनीति

राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र काँग्रेस सभापति देउवाबीच भेटवार्ता 

२२ फागुन, काठमाडौँ । राष्ट्रपतिको निर्वाचनलाई लिएर राष्ट्रपतिका उम्मेदवार बनेका एमालेका उपाध्यक्ष  सुवास नेम्वाङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज भेटवार्ता गरेका छन् ।

 एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा काँग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् ।

 भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको र काँग्रेसले आफूलाई सहयोग गरोस् भन्ने चाहेको श्रोतको दाबी छ।  जवाफमा देउवाले ‘तपाईँ राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा काँग्रेसको तर्फबाट उम्मेदवार रहेको पुन:स्मरण गराएका थिए। 

आजको भेटमा नेताहरूबिच राष्ट्रपति निर्वाचन बाहेक देशको राष्ट्रिय राजनीतिक विषयमा समेत छलफल भएको थियो  । नेम्वाङले ठुला दल काँग्रेस र एमाले एकै ठाउँमा रहेर अगाडि बढ्नुपर्नेमा जोड दिएको श्रोतले बताएको हो । देउवाले आवस्यकताको आधारमा निर्णय गर्दै जान सकिने जवाफ दिएको बताइएको छ।