राजनीति

आठ दल एकीकरण गरेर अगाडी बढ्ने माओबादी केन्द्रीत दलहरुको यस्तो भयो निर्णय

२३ फागुन, काठमाडौं । नेकपा माओबादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहालसहित आठ माओबाादी पार्टीले पार्टी एकीकरण गरेर माओबादीबिरुद्ध हुने सम्पूर्ण गतिबिधिका बिरुद्ध राजनीतिक लडाई लड्ने निर्णय गरेका छन् ।


माओबादी अध्यक्ष पुष्पकमल दहाललाई सर्बोच्च अदालतमा मुद्धा हाल्न मिल्ने अदालतको निर्णयपछि माओबादी निकट पार्टीहरु सकेसम्म एक हुने नत्र कार्यगत एकता गर्ने निर्णयमा पुगेका हुन् ।


आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ पार्टीको बैठकले एक सहमतीसमेत गरेको छ । बैठकमा बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीको उपस्थिति थियो ।

माओबादी धारका कम्युनिष्ट पार्टीहरु सर्बोच्च अदालतको उक्त आदेशपछि झस्किएका छन् ।