राजनीति

नेकपा एमाले पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवारीमा अष्टलक्ष्मी शाक्य

२७ फागुन, काठमाडौँ । नेकपा एमाले पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवारीमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने भएको छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शाक्यलाई पार्टीकार्यालयमा आज बसेको बैठकल उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज उपराष्ट्रपति पदका लागि मनोनयन हुँदैछ । एमालेले यसअघि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।