राजनीति

राप्रपाका नेताहरुले गरे पूर्व राजा ज्ञानेन्द्र शाहसँग सामूहीक भेट

८ चैत, काठमाडौं । राप्रपाका नेताहरुले पुर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

रप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, बरिष्ठ नेता रबिन्द्र मिश्र, नेताहरु प्रकाशचन्द्र लोहनी, धवल शम्सेर राणाले आज पूर्व राजा ज्ञानेन्द्र शाहसंग भेट गरेका हुन् ।

भेटमा के के कुरा भयो स्पष्ट नभएपनि बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले विचार भन्दा माथीको देश भन्दै बीचमा देशको ‘मियो’। छेउछाउमा हामी! भन्ने सामाजीक सञ्जालमार्फत प्रतिकृया दिएक छन् ।
यसअघि पनि बरिष्ठ नेता मिश्रले पूर्व राजासँग भेट गरेका भएपनि मंसिर ४ गतेको निर्बाचनपछि राजेन्द्र लिंदेनलगायतका नेताहरुले भेट गरेका भएपनि सार्बजनिक भएको थिएन ।