राजनीति

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए

१७ चैत्र, काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा.प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाए भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । भने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । साथै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी लिएकी छन् । भने नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्मालेका छन् ।