राजनीति

धरानका मीन बिश्वकर्मा बने काँग्रेसको प्रचार बिभाग प्रमुख

१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन बिस्वकर्मा प्रचार बिभाग प्रमुखमा नियुक्त भएका छन् ।
सभापति शेरबहादुर देउवा निकट रहेका बिश्वकर्मालाई आज पहिलोपटक बिभागको जिम्मेवारी दिईएको हो ।
नेपाली काँग्रेसमा रहेका नेपाल दलीत संघका केन्द्रीय अध्यक्षसमेत रहेका मीन बिश्वकर्मा काँग््रेसका २८वटा बिभाग मध्ये महत्वपूर्ण बिभागको प्रमुख हुने अवशरमा परेका छन् ।
सुनसरीको धरानका स्थायी काँग्रेस नेता मीनले काँग्रेसको १४ औं महाधिवेशनपछि निधयुक्ती खाने पहिलो नेतामा परेका छन् । काँग्रेसमा संगठन बिभाग, नीति तथा प्रतिष्ठान बिभाग, तरुण बिभाग, उद्योग बिभागलगायतका महत्वपूर्ण बिभागहरु रहेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता बिश्वकर्मा सभापति देउवा पक्षको समूहको नेतृत्वमा रहेका प्रभावशाली नेता हुन् ।