राजनीति

काँग्रेस निकट डीएलएको अध्यक्षमा केसी सहित यस्तो समूह भयो बिजयी, अरु काे काे ?

२८ जेठ, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था डिएलएको अध्यक्षमा सिताराम केसी निर्बाचित भएका छन् ।
डिएलए नेपालको सम्पन्न ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता सीताराम केसी लगायत निर्वाचित भएका हुन् ।

नवनिर्बाचित अध्यक्ष ६५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी लक्ष्मी देवी दाहाल रावतले १७७, केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भूषणले ५३ मत पाएको अवस्था छ ।
महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारीले ३९५ मत ल्याउँदै निर्बाचित भएका छन् । महासचिवका निकटतम प्रतिस्पर्धीले पूर्णप्रकाश बस्नेतले २३६ मत ल्याउन सफल भए ।
यस्तो छ नव निर्बाचित कार्यसमिति जगन्नाथ ढकाल – वरिष्ठ उपाध्यक्ष, कविता थापा कार्की – उपाध्यक्ष (महिला), कविता बस्नेत – उपाध्यक्ष (कोशी प्रदेश), रामानन्द शाह –उपाध्यक्ष (मधेश प्रदेश), जनकराज श्रेष्ठ – उपाध्यक्ष (वागमती प्रदेश), भूमिश्वर शर्मा गौतम– उपाध्यक्ष (गण्डकी प्रदेश), विष्णुप्रसाद धिताल – उपाध्यक्ष (लुम्बिनी प्रदेश), पदम बहादुर शाही – उपाध्यक्ष (कर्णाली प्रदेश), गंगाराम पाध्या – उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश), ज्ञानेन्द्र प्रसाद अधिकारी – महासचिव शिवप्रसाद रेग्मी – सचिव, धनमाया राना – सचिव (महिला), हरिबहादुर बस्नेत – कोषाध्यक्ष रहेका छन् ।

यस्तै सदस्यहरूमा प्रवीण महर्जन – आ.ज. सतेन्द्र प्रजापति – आ.ज., अमित कुमार कर्ण – मधेशी, अफताव आलम – मुस्लिम, गोविन्दराम परियार – दलित, अमलराज शाही – दूर्गम, विष्णु खनाल – अ.अ., दुर्गाप्रसाद पोखरेल – कोशी, प्रज्वल अधिकारी – मधेश, विनोद अधिकारी– वागमती हरिप्रसाद रेग्मी– गण्डकी, हरिप्रसाद पन्त – लुम्बिनी, विष्णु कुमारी शर्मा – कर्णाली, भरत बहादुर सिंह – सुदूरपश्चिम, सीता रेग्मी योञ्जन – महिला, मन्दिरा अधिकारी – महिला, वसुन्धरा थापा– महिला, मनमाया पाठक– महिला बिजयी भएका छन् ।

यस्तै खुला सदस्यहरूमा सुनिल पाण्डे दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना (चिरण), किरण पौडेल, चक्रबहादुर थापा (अमित)रहेका छन् ।

चितवनमा सम्पन्न अधिवेशनबाट उक्त कार्यसिमति चुनिएकाे हाे । पार्टी सभापित शेरबहादुर देउवा, बरिष्ठ नेता डा शेखर काेइराला, उपसभापित धनराज गुरुग‌, महामन्त्री गगन कुमार थापालगायतका काँग्रेस नेताहरुले सम्बाेधन गरेका थिए । लक्ष्मण थपलीया, केदार कार्कीलगायत आधा दर्जको हाराहारीमा अध्यक्षको प्रत्याशीमा रहेपनि भारी मतान्तरले केसीले बिजय हाँसिल गरेका हुन् ।