३१ जेठ, काठमाडौं । काँग्रेस उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यबहाक सभापति चुनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।
१४ औं महाधिवेशनमा खड्का उपसभापतिमा निर्बाचित भएका हुन् ।





