३१ जेठ, दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन् ।
उनी नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान यहाँ अएका हुन् । विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी अतिथि वक्ता छन्।
समारोहमा विश्वविद्यालयका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्रीहरु, प्रदेश सरकारका मन्त्री, जिल्लाबाट निर्वाचित सङ्घीय र प्रदेशसभाका सदस्य नेपाल संस्कृत विश्वविद्यालयका सभासद्हरु लगायतको सहभागिता रहेको छ ।
समारोहमा पाँच सय ७५ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो । कार्यक्रम अहिले जारी छ ।





