५ असार, नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नेछन्।
अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नु भएको छ, अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क शहर र वाशिङ्गटन डीसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायातका छन्। प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिनु भएको हो । भ्रमण न्युयोर्कमा शुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसंघ मुख्यालयमा अन्तरराष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेहुनेछगर्नेछन्।
प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डीसी प्रस्थान गर्नेछन् जहाँ उनले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नेछन्। राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गर्नेछन्।
प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।





