राजनीति

इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो: सभापति लामिछाने

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभिापति रबि लामिछानेले इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो। ‘होइन, छैन, सकिदैन मात्र होइन, हो, छ र सकिन्छ भनेका छन् ।
उनले भनेका छन्, ‘‘

इतिहास पढ्ने विषय मात्रै होइन रच्ने विषय पनि हो। ‘होइन, छैन, सकिदैन मात्र होइन हो, छ र सकिन्छ’ भन्दै अघि बड्नु पर्छ। आलोचना त कालिकोटमा अस्पताल बनाउदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बड्ने लाख बाटो भेटिन्छन्।

के छान्ने आफनो हातमा हुन्छ। रास्वपा एक वर्षको हुदा हिजोको जग खडा गर्नु हुने सिधाकुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु, News 24 र Galaxy टेलिभिजनलाई सम्झन चाहन्छु। पार्टी स्थापनाका दिन देखि जोडिएर आज सम्म जोडिदै गर्नु हुने सम्पुर्णलाई सम्झन चाहन्छु।’अघि बढी रहु, म साथमा छु’ भनेर घरबाटै हिम्मत दिने अर्धाङिनी Nekita Poudel Lamichhane लाई सम्झन चाहन्छु। आज ७ गते, साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटक, एक्यवद्धताका लागि घण्टी बजाऔं।’’