१७ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला असार २१ गतेका लागि डाकेको छ ।
कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तक्रिया/छलफल गर्न भेला डाकिएको हो ।
विगतमा महाधिवेशन नजिक वितरण र नवीकरण गर्दै आएको कांग्रेसले यो पटक भने चाडै सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ । मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार भेला केन्द्रीय कार्यालय सानेपामा हुने छ ।
त्यस्तै, कांग्रेसले अनलाइनबाट सदस्यता लिन सकिने व्यवस्थासमेत गरेको छ ।





