राजनीति

प्रधानमन्त्रीको राजीनामा माग्नु ओली सत्ताबाट झर्नुपर्दाको छट्पटी : भुसाल

२३ शनिबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु एमालेको सत्ताबाट झर्नुपर्दाको छट्पटी रहेको टिप्पणी गरेका छन् ।

महासचिव भुसालले शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु एमाले अध्यक्ष केपी शर्मा ओलीजी सत्ताबाट झर्नुपर्दाको छट्पटी रहेको बताए ।

उनले संसद् अवरुद्ध गर्ने काम एमालेको बच्पना भएको समेत बताए । भुसालले प्रधानमन्त्रीको अनौपचारिक भनाइलाई लिएर प्रधानमन्त्री पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र रहेको बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल पनि नभएको र प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको उनले बताए ।