समाचार

पहिराे खस्दा मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

२३ असार, चितवन । मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । काली खाेला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिराे खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पहिराे हटाउनका लागि एक्साभेटर पहिराेस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । यो संगै मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन् ।