२४ असार, काठमाडौँ । अभिनेता रविन तामाङको पार्थिव शरीर शुभेच्छुकका लागि अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाल संगीत तथा नाट्य एकेडेमीमा राखिएको छ । अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि कलाकार, नेता तथा शुभेच्छुकहरु उपस्थित भएका छन् ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । मन्त्री किरातीले कलाकार तथा श्रष्ठाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि व्यवस्थित ठाउँ समेत नभएकाले भवन बनाउने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।





