२४ असार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।





