२५ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद अवरुद्ध हटाउन सकारात्मक भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको छलफलमा संसद अवरुद्ध हटाउन एमाले सकारात्मक भएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले अब आफू संसदमा संबोधन गर्न जान लागेको बताए । त्यस्तै, एमाले अध्यक्ष ओलीले भने संसदमै थाहा हुने बताए ।





