२६ असार, काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घट्ना हुँदा अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिएका छन् । हेलिकप्टर पाइलटमध्ये क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।
अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्धारका लागि पुगेका छन् ।





