असार ३०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली मंगलबार कम्बोडिया भ्रमणमा जाने महासचिव शंकर पोखरेलले जानकारी दिए ।
शनिबार बसेको सचिवालय बैठकमा ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएको उनले बताए ।
भ्रमणका क्रममा अध्यक्ष ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।





