१ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्दै छ । केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बैठक बस्न लागेको हो ।
एक नेताका अनुसार बैठकले साउन २ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।
सभापति देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि भोलि -मंगलबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी छ ।





