राजनीति

महामन्त्री थापाको प्रस्ताव : भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र, ६ महिनाभित्र अधिवेशन

२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले कार्यकाल सकिएका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश गरेका छन् ।

मंगलबार सुरु भएको बैठकमा महामन्त्री थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति बनाउने प्रस्ताव राखेका हुन् ।

त्यस्तै, उनले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने प्रस्ताव राखेका छन् । महामन्त्री थापाका अनुसार सबै भ्रातृ संस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३/३ महिना प्रथति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।