राजनीति

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

३ साउन, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया प्रस्थान गरेका छन् ।

टोलीमा अध्यक्ष ओलीसँगै उनका पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत ६ सदस्य टोली रहेका छन् । उनी यही साउन ८ गते स्वदेश फर्कने छन् ।

अध्यक्ष ओलीले कम्बोडिया जानु अघि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन् ।