राजनीति

कांग्रेस बैठकमा पौडेलको प्रस्ताव : दुईपटक भन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री हुन नपाउने व्यवस्था गरौँ

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने बताएका छन् ।

त्यस्तै, उनले समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने बताए । नेता पौडेलले पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने बताएका छन् ।

बैठकमा उनले एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने बताए ।