राजनीति

संघीयताको विकल्प खोज्नुपर्छ : शंकर भण्डारी

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताए । योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको भन्दै उनले भने, “संघीयतामा राष्ट्रिय सुरक्षाका किसिमले समस्या देखियो । संघीयताको बारेमा अर्को विकल्प खोज्नुपर्दछ । निर्वाचन प्रणालीका बारेमा पुर्नविचार गर्नुपर्दछ ।”